दमक, २४ मंसिर–दमक–७ बराह टोल लेखनाथ मार्गमा नवनिर्मित पौड्याल वंशोद्धार केन्द्रिय समितिका जग्गादाता स्वर्गीय गंगाबहादुर पौड्यालको परिवारले १६ लाख ५० हजार रुपैयाँको लागतमा बराह मन्दिर निर्माण गरिदिएका छन ।

भगवान बराहको मन्दिरमा मुर्ति अनावरण तथा प्राण प्रतिष्ठा ९ मसिंर २३, २४ र २५० गते तत् पश्चात मसिंर २७ गते पौड्याल वंशोद्धार केन्द्रीय समितिको भवन उदघाटन गरिने भएको छ । सोही दिन बराह पुराण पाठ पारायण तथा धनधान्याञ्चल महायज्ञको समेत शुभारम्भ गरिने आयोजक पौडेयाल वंशोद्धार दमक नगर समितिका अध्यक्ष बुद्धिमान पौडेलले जानकारी दिए ।

पुष ४ गते सम्म दैनिक रुपमा हुने वराह पुराण पाठ पारायण एवं धनधान्याञ्चल महायज्ञको भव्य तयारी गरिएको छ । महायज्ञ सम्पन्न गर्न पौडेल वंश महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका लोकनाथ पौड्यालको संयोजकत्वमा महापुराण मूल आयोजक समितिले आवश्यक तयारी पुरा भएको जनाएको छ ।

पौड्याल वंशोद्धार समिति र यसको भवन लगायत सम्पूर्ण संरचना बिकासका परिकल्पनाकार दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले यहाँ निर्मित भवन पौडेल बन्धुहरुको मात्रै नभएर समग्र दमक नगरबासीकै साझा सम्पत्ती भएको बताए । उनले दाता परिवारबाट सार्वजनिक सम्पत्तीका रुपमा प्रदान गरिएको जग्गा, यहाँको मन्दिर र भवन निर्माण समेतमा गरेको योगदानको सम्मानका लागि पनि यो महायज्ञ आवश्यक भएको बताए ।

महापुराण आयोजक समितिको सहसंयोजकमा पौड्याल वंशोद्धार केन्द्रिय समितिका उपाध्यक्ष प्रल्हादकुमार पौड्याल, सचिव युवराज पौडयाल, अर्थसचिव दुर्गा पौड्याल, सहसचिव बुद्धिमान पौड्याल, कोषाध्यक्ष शशि पौड्याल, वंशोद्धार समितिका केन्द्रिय नेतृत्वहरु मन्धरा पौडेल, रामकुमारी पौडेल, प्रचार संयोजक कमल पौड्याल, पूजा व्यवस्थापन संयोजक पार्वता पौड्याल लगायत सम्पूर्ण पौडेल बन्धुहरुको सक्रिय सहभागितामा यो महायज्ञको तयारी भइरहेको छ ।

५ हजार बढी पौडेल बन्धुका घर घरमा पुराणमा कथा श्रवणका लागि निमन्त्रणा पत्र पठाइएको र आत्रय गोत्रीय एवं समस्त धर्मानुरागी आमाबुबा दाजुभाई दिदीबहिनीहरुलाई पनि महायज्ञमा उपस्थित भई भागवत कथा श्रवण गरि लाभ लिन महायज्ञ आयोजक समितिले सार्वजनिक अपिल समेत गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *