निर्दोष संग्रौला

मोरङ, २५ मंसिर–भारतको जोगबनीमा विराटनगरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।

बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए । उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्‍याएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *