दमक, १ पौष–निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल .(प्याव्सन) दमक नगर समितिले शनिबार आयोजना गरेको साँस्कृतिक प्रतियोगिता अन्तर्गत पुरस्कार वितरण समारोहमा नृत्य प्रशिक्षकद्धयले देखाएको अभद्र गतिविधिप्रति कडा शब्दमा निन्दा गरेको छ ।

व्याव्सन दमक नगर समितिको शनिबार नै आकस्मिक बैठक बसेर निजी तथा आवासीय विद्यालयहरुमा नृत्य प्रशिक्षण गराउदै आएका शंकर विश्वकर्मा र पिन्की दासलाई तत्काल नृत्य प्रशिक्षण गराउन नदिनेगरी कार्वाही गरेको छ ।

आकस्मिक बैठकले विभिन्न विद्यालयमा नृत्य प्रशिक्षण गराउदै आएका शङ्कर विश्वकर्मा र पिन्की दासलाइ दमकका कुनै पनि विद्यालयमा नृत्य प्रशिक्षण गराउन नदिने गरि कार्वाही गर्ने निर्णय गरेको कार्य समिती प्रवीण पाठक ले बताए ।

झापा प्याब्सनद्वारा आयोजीत तथा दमक प्याब्सनद्वारा संचालित दुई दिने सास्कृतिक प्रतियोगीताको अन्तिम दिन शनिबार प्रमुख अतिथी दमक नगरपालिकाकि उपमेयर रेगीना भट्टराई प्रसाईं उपस्थिति रहेको पुरस्कार वितरण कार्यक्रममा नृत्य प्रशिक्षक विश्वकर्मा र दासले अभद्र गिितविधि देखाएका थिए । नृत्य प्रशिक्षकद्धय विश्वकर्मा र दासले सिकाएको विद्यालयको नतिजाप्रति चित्त नबुझेको भन्दै पुरस्कार बितरणमा नारावाजी गरेका थिए । उनिहरुले पुरस्कार वितरण समारोह अघि नारावाजी गर्नुका साथै प्याब्सन दमकका कोशाध्यक्ष सुर्य कटुवाललाई मेड्लको झट्टी बनाएर खुट्टामा प्राहार गरेका थिए । त्यस्तैं, सास्कृतिक समितिका सम्योजक छत्र कार्की लगायतका विशिष्ट अतिथिहरुलाई गाली गलौज गरेका थिए ।

नृत्य प्रशिक्षकद्धयले व्याव्सन दमक नगर समितिले आयोजना गरेको साँस्कृतिक प्रतियोगितामा आफ्नो बेइजत भएको बताए । उनिहरुले प्याब्सन दमकको बदनामीका कारण आफ्नो निर्देशनमा तयारी भएको नृत्य प्रतियोगितामा पुरस्कारवाट बञ्चित भएको बताए ।

यता, प्याव्सन दमक नगर समितिको बैठकले दमकका कुनै पनि बिद्यालयमा नृत्य प्रशिक्षण गराउन रोक लगाउने र सोही अनुसार पत्रचार गरिने निर्णय गरिएको प्याव्सन दमक सचिव नबीन योगीले बताए । व्ैठकले गरेका निर्णयलाई व्याव्सन जिल्ला समितिलाई समेत अनुरोधका साथ सिफारिस गरिने दमक प्याब्सन सचिव योगीले जानकारी गराए ।

चित्त नबुझेमा विद्यालय मार्फत सास्कृतिक समितिमा उजुरी हाल्ने विधि र प्रक्रिया हुदाहुँदै प्याब्सनको पदाधिकारीलाई जथाभावी मुख छाड्ने, भिडलाई उक्साउने जस्ता कार्य गरेकोले पनि कार्वाही गर्नु परेको प्याव्सन दमक नगर समितिका उपाध्यक्ष मित्र खत्रीले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *