दमक, २ पौष–अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसर पारेर आमकास झापाले आज साँझ दमक चौकमा दीपप्रज्वलन गरेको छ । १८ डिसेम्बर अर्थात आजैका दिन नेपाल सहित विश्वभर यो दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाउदै आइरहेको छ ।
दिवसको अवसरबीच आमकास नेपाल झापा शाखाले स्थानीय थाना लाईन–जेसिज चौकहुँदै गणतन्त्र चौकसम्म र्याली समेत निरकालिएको थियो । सो र्यालीले गणतन्त्र चौकलाई परिक्रमा गरी दाफे-मुनाल चौक परिसरमा दीपप्रज्वलन गरिएको आमकास झापाकी अध्यक्ष अमला चाम्लिङ राईले बताईन् ।
आमकास झापाकी अध्यक्ष अमला चाम्लिङ राईका अनुसार झापामा पहिलो पटक अन्तराष्ट्रिय आपप््रवासी श्रमिक दिवस मनाइएको हो । अध्यक्ष राईले रोजगारको शिलशिलामा विभिन्न मुलुकहरुमा बसेर स्वदेश फर्किएका नेपाली महिलाहरुको संस्था आमकास नेपालले महिलाहरुकै अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको बताईन् ।
आमकास झापा अन्तर्गत दमक नगरमा मात्रै १ सय ५० बढी दिदी बहिनीहरु आवद्ध भएर सदस्यता लिइसकेको र त्यसलाई आगामी दिनमा अझ बढी थपेर लैजाने तयारीमा रहेको आमकास दमककी अगुाव सोनु लोहोरुङ राईले बताईन् । उनका अनुसार महिलाहरुको क्षेत्रमा काम गर्ने संस्था भएकोले यसअघि लेङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत दमकमा विभिन्न कार्यक्रम आयोजना गरि सफलताका साथ सम्पन्न भएको छ ।
आमकास नेपालले संस्थामा आवद्ध महिला दिदीवहिनीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून, न्यायीक अवस्था, नेपालको संविधान र संविधान प्राप्त अधिकार र आधारभूत कानूनी प्रावधान, नेपालको मौलिक हक, अधिकार, बैदेशिक रोजगार, मानव बेचबिखन विरुद्धका प्रयास र कानुनी जटिलता, प्राथमिकता लगायतका विषयमा सहजिकरण गर्दै आइरहेको छ ।
दीपप्रज्वलन कार्यक्रममा आमकास झापाकी अध्यक्ष अमला चाम्लिङ राई, किरात राई यायोख्या दमक नगर समितिका सहसचिव तथा आमकास दमक नगर समितिका अगुवा सोनु लोहोरुङ राई, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश प्रसाद गौतम, समाजवादी प्रेष संगठन झापा शाखाका अध्यक्ष अनिलदेब राई लगायत प्रहरी, स्थानीय व्यवसायीहरु र आमकास नेपालका सदस्यहरुको उपस्थिति थियो ।
