रेणुका पराजुली

काठमाडौं, २ पौष–पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद सदस्यमा रेणुका पराजुली नियुक्त हुनुभएको छ । एकीकृत ट्रेड युनियन महासंघ, नेपाल राष्ट्रिय कमिटी सदस्य तथा अनेमसंघ समाजवादी काठमाण्डौको सचिवालय सदस्य समेत रहनु भएकी पराजुली नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा मनोनित हुनु भएको हो ।

सिन्धुपाल्चोक जिल्लामा जन्मेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा स्थायी रुपमा बस्दै आउनु भएकी उहाँलाई शुक्रबारको मन्त्रीस्तरको निर्णय अनुसार पराजुलीलाई पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषदको सदस्य पदमा ४ वर्षका लागि मनोनीत गरिएको हो ।

कोष सञ्चालक परिषदको सदस्य मन्त्री अर्थात परिषद अध्यक्ष स्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा गरिएको छ । परिषदमा राष्ट्रिय योजना अयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूलभट्ट, संस्कृति, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौं महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासक मध्ये एकजना पदेन सदस्य रहने व्यवस्था ऐनमा गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *