दमक, ३ पुस–प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले आजका नानीबाबुहरु भोलिका कर्णाधार शक्ति भएकाले उनीहरुलाई गुणस्तरिय शिक्षा उपलव्ध गराउन सवै लाग्नुपर्ने बताईन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) झापाले दमकमा मंगलवार आयोजना गरेको दुई दिवसीय जिल्लास्तरिय सांस्कृतिक कार्यक्रममा बोल्दै उनले शैक्षिक क्षेत्रको विकासमा सरकारको एक्लो प्रयासले मात्र सफलता संभव नभएकाले यसमा सवैको योगदान खाँचो रहेको जोड दिईन् ।

सरकारले देशको शैक्षिक विकासमा ठुलो लगानी गरिआएको चर्चा गदै उनले भनिन्, ‘सरकारबाट जति प्रयास भएको छ, त्यसले गुणात्मक प्रतिफल दिन सकेको छैन । यसमा सवै पक्ष गंभीर हुनुपर्छ’ देशको शैक्षिक क्षेत्रमा नीजि क्षेत्रको योगदान उल्लेखीय रहेको उनको भनाई थियो ।

उनले हाम्रो शिक्षा जिवनपयोगी हुन नसकेकै कारण धेरै युवाहरु विदेश पढ्न जाने बढ्नु चिन्ताको विषय भएको उल्लेख गरिन् । दमकमा आफूले अध्ययन गरेको वताउदै उनले यहाँको विकासमा उल्लेखीय काम समेत भएको चर्चा गरिन् ।

सो अवसरमा उनले प्याव्सनको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाँएवापत शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थ्रोपा (रोशन) र प्याव्सन झापाका पूर्व उपाध्यक्ष चन्द्रप्रकाश राईलाई सम्मान प्रदान गरिन् ।

सोमबार र मंगलवार गरि दुई दिनसम्म चल्ने सांस्कृतिक प्रतियोगितामा जिल्लाभित्रका पालिका स्तरमा छनौट भएका १४ वटा विद्यालयले गायन, आधुनिक तथा लोक नृत्यमा प्रतिष्पर्धा गरेका जिल्ला अध्यक्ष गौरीमान फागोले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *