कमल थापा

काठमाडौँ, ३ पौष–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताएका छन्।

गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै उनले राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दावी गरे।

मंगलवार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठूला दलहरुले राजाको नाममा निरंकुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सृजना गरेको उल्लेख गर्दै आफूहरु राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि परेको बताए।

उनले नेपालमा छिट्टै राजसंस्था र हिन्दु राष्ट्र कायम हुने समेत दोहोर्‍याए। अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रुपमा पनि संकटको डिलमा पुर्‍याएको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *