दमक, ४ पुस–दमक–नेपाली लोकसंगीतका पुराना साधक तथा सर्जक लक्ष्मीप्रसाद (एलपी) जोशी आज दमकमा सम्मानित भएका छन् । दमक नगर इसाई समाजले ख्रीष्टमसको अवसरमा गायक तथा सर्जक जोशीलाई नेपाली लोकसंस्कृती र संगीतमा विशेष योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

दककस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा जोशीलाई दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा, इसाई समाज दमकका अध्यक्ष पाष्टर आकाश थुल्ुङ राईले संयुक्त रुपमा अभिनन्दन पत्र, दोसल्ला र नगद हस्तान्त्रण गर्नुभएको थियो । अभिनन्दन अघि गायक तथा सर्जक जोशीका बारेमा साहित्यकार तथा लेखक धनकुटे कान्छाले शब्द चित्र प्रस्तुत गर्नुभएको थियो ।

अभिनन्दन पछि गायक तथा सर्जक जोशीले नेपाली गीतसंगीतको क्षेत्रमा भएका आफ्ना विगतका दिनहरुको स्मरण गर्नुभएको थियो । उमेरले हालः ८८ वर्षिय गायक जोशी दमक–१ निवासी हुन् । सो क्रममा गायक जसो अवसरमा जोशीले वल्लो खोलो पल्लो….
रिटिङ रिटिङ नवजाउ विनायो……..
लगायतका गीतहरु प्रस्तुत गर्नुहुँदै रमाइला कविता र मुक्तकहरु वाचन समेत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा दमक नगर प्रमुख थापा, दमक–६ का वार्ड अध्यक्ष टेकवहादुर थापा, अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष तथा पाष्टर राजकुमार नाछिरिङ राईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

समाजका अध्यक्ष पाष्टर आकास थुलुङ राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थापा हुनुहुन्थ्यो । ख्रीष्टमसको अवसरमा आयोजित शुकामना आदानप्रदान कार्यक्रममा धनकुटास्थित पाष्टर जीवन थापा मगरले वाइबल धर्म दर्शन र यसका महत्व र प्रभावका बारेमा प्रवचन गर्नुभएको थियो ।

कार्यक्रममा दमकका इसाई धर्मका अगुवा, दमक नगर इसाई समाजका सल्लाहकार पाष्टर एनडी थुलुङ, भुटानी शरणार्थी शिविर इसाई समाजका अध्यक्ष पाष्टर प्रदिप केसी, दमकस्थित ज्योति चर्च मण्डली अध्यक्ष पाष्टर मुिक्त किराती थुलुङ, पाष्टर किशोर सुनुवार, ख्रीष्टमस समारोह संयोजक पाष्टर दावा शेर्पा, पाष्टर कुमार तामाङ, पाष्टर डिके वेघा, पाष्टर हेमन्त सुब्बा, पाष्टर आमोस गजमेर, पाष्टर युवराज गजमेर, दीपेन्द्र नेम्बाङ, सुरज लिम्बू, गोपाल हस्दा लगायत दमक र दमक बाहिरका विभिन्न मण्डलीहरुका पाष्टर तथा प्रतिनिधिहरुको ठूलो संख्यामा सहभागिता थियो ।

सो अवसरमा समाजका तर्फबाट पाष्टर आकाश थुलुङ राईले धन्यवाद मन्तव्य सहित ख्रीष्टमसको शुभकामना व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा इसाई समाजमा आवद्ध संगीतकर्मीहरुले मनोरञ्जनात्मक गीत, संगीत र नृत्यहरु समेत प्रस्तुत गरेका थिए । समाजका सचिव पाष्टर अजय पाठकको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य पाष्टर दावा शेर्पाले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *