काठमाडौं, ७ भदौं–नोभेल कोरोना भाइरसका ८१८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८१८ संक्रमित थपिएका हुन् ।जसमा २२० महिला र ५९८ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २८१ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार ६३१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९ प्रतिशत रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ८ हजार २६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार २१२ जना र होम आइसोलेसनमा ३ हजार ९४३ रहेका छन् । आजसम्म देशभर ११ हजार ४१४ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १० जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।
शनिबार देशभर ११ हजार ५१९ जनाको पीसीआर परीक्षणका क्रममा ६३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी, यस अवधिमा १३६ जना डिस्चार्ज भएका थिए भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
