दमक, ११ पौष–द भ्वाईस अफ नेपाल सिजन ५ अन्तर्गत टप ८ मा रहनुभएका गायक वेद प्रसाद राई (बिनोद राई) लाई टप–४ मा पुर्याएर बिजेता बनाउन यतिवेला झापा, इलाम र मोरङका संगीतप्रेमीहरु एक जुट भएका छन् ।

गायक नन्दु गुरुङको सक्रियतामा सिद्धान्त खङ्का, तारवीर पाण्डे, सुरेश धिमालसहित कालाकार मौमस राई, इन्द्र बेकामे, कृष्ण घिभिमरे, चोमु शेर्पा, जीवन बराल, वीरु स्वमी, रुद्रश्वोर राई लागयत दर्जनौ संगीतप्रेमीहरुले दमकबाट बिनोद राई जिताउ अभियान सञ्चालन गरेका छन् ।

मोरङको पथरीशनिश्चरे निवासी गायक राईले दमकमा लामो समय संगीतक्षेत्रमा अध्ययन गरेका छन् । उनले द भ्वाईस नेपालको टप–८ मा उत्कृष्ट र दमदार गीतहरु प्रस्तुत गरिसकेका छन् ।

बिनोद राई जिताउ अभियानका संयोजक गायक नन्दु गुरुङका अनुसार उनलाई टप–४ मा पुर्याउनका लागि भोटिङको समय तोकिएको छ । भोटका लागि गायक राई नेपाल र नेपाल बाहिर रहने शुभेच्छुकहरुलाई अलग अलग व्यवस्था मिलाइएको छ । भोटका लागि यस्तो छः

द भ्वाईस अफ नेपाल सिजन ५ का कोच गायीका मिलन नेवारका टीमभित्र रहेका गायक बिनोद राईलाई सिजन ५ को बिजेता बनाउन अभियानमा छौ, अभियानकर्मी गुरुङले भने । उनका अनुसार दमकबाट सुरु भएको अभियानमा इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर लगायत सवै जिल्ला र देशभरीका संगीतकर्मी तथा संगीतका शुभेच्छ्ुकहरुमा बिनोद राईलाई भोट गर्न अभियान सञ्चालन गर्ने तयारीमा छौं ।

यसैगरी, गायक राईको गृह नगर पथरीशनिश्चरेबाट पनि बिनोद राई जिताउ अभियान सुरु भएको छ । त्यहाँका संगीतप्रेमी आफन्त तथा शुभेच्छ्ुकहरुको सक्रियतामा बिनोद राई जिताउ अभियान सुरु गरिएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *