एजेन्सी (काठमाडौं), ८ भदौं–जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो।

बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले गरेको एक गोलनै निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए। उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका हुन्।

पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए। योसँगै बायर्नले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ। यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २०१३ मा उपाधि जितेको थियो।

यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ। सेमिफाइनलमा बायर्नले लियोनलाई हराएको थियो भने पीएसजीले आरबी लेइपजिगलाई पराजित गरेको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *