दमक, १३ पौष–झापाको दमक–१० मा रहेको श्री सिंह देबी माध्यामिक बिधालयले आफो ५६औ बार्षिक उत्सव समारोह विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । बिधालयले यहि पौष ११ गतेदेखि १३ गतेसम्म बिभिन्न कार्यक्रम गरि आफ्नो बार्सिक उत्सव सम्पन्न गरेको हो ।

वार्सिक उत्सव समापन कार्यक्रमको संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रा कुमारी लिम्बुले पानसमा बत्ती बालेर उद्धघाटन गर्नुभएको थियो ।

तीन दिनसम्म सन्चालन गरिएको कार्यक्रममा बिद्यार्थीहरुकाबीच प्रतियोगितात्मक साहित्यिक तथा नृत्य प्रस्तुत गरिएको थियो । यसैगरि सोही कार्यक्रममा बभिभवकहरुकाबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु पनि सन्चालन गरिएको थियो ।

कार्यक्रमको समापन समारोहका अवसरमा दमक नगरभरिका माध्यामिक बिधालयस्तरिय प्रतियोगितात्मक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा सिंह देबी प्रथम, कृष्ण माबी दितिय र डुकुरपानी माबी तृतिय भएको थियो । प्रतियोगिताका बिजेतालाई कार्यक्रमक प्रमुख अतिथी महेन्द्राकुमारी लिम्बुले नगद पुरस्कार बितरण गर्नुभएको थियो ।

अक्षयकोषदाता ४ जना लगायत एक दर्जन बढी बिधालय ब्याबस्थापन समितिका पुर्वसदस्य लगायतलाई समेत सम्मान गरिएको बिधालय ब्यास्थापन समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

यसैगरी बिधालयले यसै वर्षबाट बर्ष उतकृष्ट शिक्षक छनौट गरि दुई जना शिक्षलाई सम्मान गरेको न्यौपानेले जानकारी दिनुभयो । सम्मानित हुने शिक्षहरुमा घनश्याम अधिकारी र जमुना खरेल रहनु भएको छ । सोही अवसरमा बिधालयले बर्ष भरी सन्चालन गरेका विभिन्न कार्यक्रमाका बिजेता बिधार्थिहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

२०२५ सालमा स्थापना भएको यस बिधालयमा ५ सय २९ जना बिधार्थी अध्यायनरत रहेको प्र्धानाध्यपक हरिनारायण अधिकारीले जानकारी दिनु भयो ।

बिधालय ब्याबस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *