एजेन्सी (काठमाण्डौं), ८ भदौं–रुस र चीन लगायत केही देशले कोरोना भाइरसविरुद्धको खोप ल्याएपछि अहिले विश्वमा जारी महामारी नियन्त्रणमा आउने केही आशा जागेको छ। भारतमा भने त्यहाँका औषधी कम्पनीले भन्दा पहिल्यै त्यहाँका मिडियाहरुले कोरोनाको औषधी ल्याउने तिथिमिति सार्वजनिक गरेपछि अप्ठ्यारो स्थिति निम्तिएको छ।

भारतीय मिडियाले ७३ दिनभित्र कोरोनाविरुद्धको औषधी भारतमै बन्ने खबर सार्वजनिक गरेका थिए। भारतका अधिाकांश मिडिया सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) निकट छ। मिडियाले गलत सूचना फैलाएपछि भारतको औषधी कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले यो खबर गलत रहेको बताइदिएको छ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले ७३ दिनभित्र खोप उत्पादन हुने भनी मिडियाहरुमा फैलाइएको खबर झुठो रहेको बताएको छ। फर्जी र अनुमानका भरमा लेखिएका समाचारमा कुनै सत्यता नरहेको एसआइआइले विज्ञप्तिमा उल्लेख गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *