काठमाडौं, ८ भदौं–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदै छ ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि भेटवार्ता हुन लागेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

पौडेल संयोजकत्वको कार्यदलले नेपाल-भारत सीमा समस्याका लागि स्थायी कमिटीबाट विशेष प्रस्ताव पारित गर्न सुझाव दिएको थियो ।

भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि विभिन्न सुझाव दिइएको छ ।

अध्यक्षद्वयको छलफलमा सहमति जुटेपछि नेकपाले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *