अनन्त तामाङ

काठमाडौं, १५ पौष–च्याम्पियन ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङ दोश्रो नेपाल सुपर लिग (एनएसएल) को सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।

शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै ललितपुरलाई दोश्रो संस्करणको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका अनन्त सिजनको सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् ।

लिग अवधिभर उत्कृष्ट प्रदर्शन गरेका अनन्तले सर्वोत्कृष्ट खेलाडी बनेसँगै दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन् । च्याम्पियन ललिपुरकै जेफ बाल्टुस दोश्रो संस्करणको एनएसएलको उत्कृष्ट गोलरक्षक घोषित भए ।

त्यस्तै, सर्वाधिक गोलकर्ता ललितपुरकै इमोह एजेकेल बने । उनले लिग अवधिभरको खेलमा ६ गोल गरे । धनगढी एफसीका रोहन कार्की उदियमान खेलाडी घोषित भए । विधागततर्फको उपाधि विजेता सबै खेलाडीले समान एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *