एजेन्सी, ८ भदौं–ब्राजिलियन डिफेन्डर थिएगो सिल्भाले पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेका छन् । जर्मन क्लब बायर्न म्युनिखसँग च्याम्पियन्स लिगको अन्तिम खेल खेल्दै पीएसजी छाडेको बताएका छन् ।

सिल्भाको कप्तानीमा पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । तर, बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँग १-० ले पराजित हुँदै पीएसजी उपाधिबाट वञ्‍चित भयो ।

चेल्सी र सेरी ए साइड फिओरेन्टीनाले पीएसजीको च्याम्पियन्स लिग अभियान समाप्त नभएसम्मका लागि सिल्भा अनुबन्ध नगर्ने एउटा सम्झौता विस्तारमा हस्ताक्षर गरेका थिए । तर, च्याम्पियन्स लिग सकिए लगत्तै चेल्सीले अनुबन्धको प्रयास गरेको छ ।

चेल्सी एक निः शुल्क स्थानान्तरणमा सिल्भालाई अनुबन्ध गर्न चाहेको बताइएको छ । यता ३५ वर्षीय डिफेन्डर सिल्भाले पनि आफ्नो भविष्य बारेमा छलफल गरेका छन् ।

“पीएसजीका लागि यो खेल मेरो अन्तिम थियो । म धेरै दुःखी छु,” सिल्भाले भने, “म आफ्ना समर्थकहरुसँग माफी माग्‍न चाहन्छु । म सबै प्रशंसकलाई उनीहरूको प्रेमका लागि धन्यवाद दिन्छु । म यस क्लबलाई मन पराउँछु । त्यसैले म फेरि कुनै अर्को भूमिकाको साथ, फर्किनेछु ।”

उनले थपे, “म अर्को तीन-चार वर्ष खेल्न चाहन्छु । त्यसैले २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा खेल्न चाहन्छु ।” सिल्भा २०१२ मा ४२ मिलियन युरोमा मिलानबाट पीएसजी पुगेका थिए । उनले पीएसजीमा सात लिग वान उपाधि, पाँच फ्रेन्च कप, छ फ्रेन्च डि ला लिग र पाँच ट्राफी डेस च्याम्पियन जितेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *