माइधार (शिबसताक्षी), १९ पुस–झापाको शिवसताक्षी नगरपालिका–१० स्थित उद्योग वाणिज्य संघको निर्माणाधीन भवनभित्र आज एक पुरुषको मृत अवस्थामा शव फेला परेको छ ।

सुनसरी धरान उपमहानगरपालिका–६ का ४२ वर्षीय यमकुमार धमला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मागेर जीविकोपार्जन गर्दै आएका धमलालाई आज बिहान वाणिज्य संघको निर्माणाधीन भवनमा स्थानीयबासीले मृत अवस्था फेला परेका थिए । पहिचान नखुलेका धमलाको भाउजु उमा बिष्टले सनाखत गर्नुभएको थियो ।

घटनाको खबर पाएपछि अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको, घटनास्थल अनुसन्धान तथा कानून प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *