डा.सुनिलकुमार शर्मा

काठमाडौं, २३ पौष–नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माले सरकार जनतालाई न्यूततम सुविधा दिन नभई कमिसन धन्दामा लागेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सरकारले चाहे स्वास्थ्य बिमा गरेका बिमितले एक हप्तामै अस्पतालबाट उपचार पाउनसक्ने बताए। तर कमिसन धन्दामा लागेका कारण सरकारले यो काम यति चाँडै नगर्ने दाबी उनले गरे।

‘मुलुकभर जुन ठाउँमा चाहे सरकारी होस्, चाहे निजी होस्। हरेक अस्पतालमा विमितहरुले उपचार पाउनेगरी उपचार सम्भव छ। यो काम एक हप्ताभित्र गर्न सम्भव छ। तर राज्य गर्दैन’, उनले भने, ‘ठूलाठूला डिल कसरी गर्ने ? टेण्डर खोल्दा आफूले भनेका कम्पनीलाई कसरी पार्ने ? कति अर्बको टेण्डर आफ्नो पालामा खोलिसक्ने ? माथिदेखि तलसम्म सेटिङ मिलाएर पैसा कसरी खाने यत्ति छ।’

उनले अहिले शीर्ष नेता मात्रै नभई अख्तियारका हाकिम र राष्ट्र बैंकका गभर्नरदेखि लिएर सरकारी उच्चपदस्थ कर्मचारीले अर्बौँको सम्पत्ति विदेशमा राखेकोको दाबी गरे। दुबईमा त धेरै नेपालीको बंगलासमेत रहेको उनको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *