सोलुखुम्बु, ८ भदौं–ड्युटीमा रहेको प्रहरी टोलिमाथि जाँडरक्सी खाएर हातपात गर्नेलाई बिनासर्त रिहा गर्न नेपाली कांग्रेस सोलुखुम्बुले विज्ञप्तिमार्फत माग गरेको छ। पक्राउ पर्नेहरु तरुण दलका नेता कार्यकर्ता भएकाले उनीहरुलाई तत्काल रिहा गर्न कांग्रेसले माग गरेको हो।
आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तरुण दलका अध्यक्ष सहितको टोलीलाई नियोजित ढंगले पक्राउ गरिएको कांग्रेसले आरोप लगाएको छ।
जिल्ला पार्टी सहसचिव कुशराज राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को विषयमा छलफल सकेर स्थानीय सन्तोष खड्काको छोराको जन्मोउत्सवमा शुभकामना आदानप्रदान गर्दैगर्दा तिङ्लाका प्रहरी सहायक निरीक्षक सहितको प्रहरी टालीले गालीगलौज गर्नुका साथै धरपकड गरेको प्रति गम्भीर ध्यानआकृष्ट भएको छ।’
रमितेको एक होटलमा मदिरा खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेको प्रहरी टोलीमाथि एक्कासि हातपात भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
