धरमपुर, ८ भदौं–झापाको शिवसताक्षी नगरपालिकाको आइतबार बसेको बोर्ड बैठकले जारी लकडाउन भदौ १५ गतेसम्म लम्ब्याएको छ ।

दुधे, झिलझिले, डुडामारी, धरमपुर, शिवगञ्ज, बोलोचोक, जनताबजार, रगियाथान लगायतका बजारमा रहेका होटल, ब्युटिपार्लर र शैलुन बन्द गर्ने निर्णय भएको छ । पालिकाको बोर्ड बैठकले भदौ १५ गतेसम्म साविकको निर्णयलाइ बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र होटल, ब्युटिपार्लर र शैलुन बाहेकका पसल खोल्न दिने भएको हो ।

नगरको धार्मिक सताक्षीधाम र दोमुखा क्षेत्रमा लगाइएको निषेधाज्ञा कायमै रहेको शिवसताक्षी नगरपालिकाको सूचना शाखाले जनाएको छ । साप्ताहिक हाट बजारलाई पनि अर्को सूचना नहुञ्जेलसम्म लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्र रहेका कृषि र औषधि पसल भने निर्वाद सचालन हुनेछन् ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएका सहायक मार्ग र भित्री सडकमा सवारी साधन संचालनमा पूर्ण निषेध गरिएको छ । बैठकले नगरभित्र सभा, समारोह, तालिम, गोष्ठी समेत गर्न प्रतिबन्ध लगाएको नगरका साहायक सूचना अधिकारी डिल्ली नेपालले बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *