दमक, २ माघ–राष्ट्रिय मानव बेचबिखन संचेतना दिवसको अवसर पारेर आज (मंगलबार) दमकमा सरोकारवालाबीच गोलमेच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

बैदेशिक रोजगारको क्रममा विभिन्न मुलुकहरुबाट स्वेदश फर्केका महिला दिदीबहिनीहरुले स्थापना गरेको संस्था आामकास झापा शाखाले आयोजना गरेको कार्यक्रममा दमक नगर प्रमुख राम कुमार थापाले मानव बेचबिखनलाई न्यूनिकरण र नियन्त्रण गर्न आजको चुनौती भएको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका नगर प्रम्ुख थापाले बढ्दो गरिवीका कारणले बिदेशिनेको संख्या बढ्नु नै मानव बिखनको घट्नामा बढ्नु मूख्य कारण भएको बताउनुभयो ।

आमकास झापाका अध्यक्ष अमला चाम्लिङ राईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख थापाले परिवारको आर्थिक दायित्वलाई व्यवस्थापन गर्न महिला तथा पुरुषहरु बिदेशिने र रहर वा देखावटीको हिसावले विदेशिने क्रम पछिल्लो समय हाम्रो नेपाली समाजमा बढ्दो अवस्थामा रहेको बताउनुभयो । बाध्यता र खुशीले बिदेशिसने क्रमसंगै कतिपय व्याक्तिहरुले बिदेशमा तोकिएको काम वा सुविधा नपाउनुले पनि धेरै नेपाली युवाहरु बिदेशमा अलपत्र भएको र उनिहरुलाईं बैदेशिक रोजगारका लागि पठाउने दलाल वा कम्पनीबाट पीडित हुनु पनि मानव बेचबिखनको घटना भएको नगर प्रमुख थापाले बताउनुभयो । वहाँले मानव बेचबिखन समस्या हाम्रो साझा समस्या भएको बताउनुभयो ।

सो कार्यक्रममा दमक –७ का अध्यक्ष भीमप्रसाद पौडेल, दमक १ का अध्यक्ष हरिप्रसाद न्यौपानेले आमकास झापासंग सहकार्यका लागि आ–आफ्नो वडा कार्यंलय मार्फत गर्न सकिने कार्यक्रमका बिषयमा प्रस्ताव समेत राख्नुभएको थियो ।

त्यस्तैं, सो कार्यक्रममा पत्रकार अनिलदेब राई, महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता भण्डारी, नेकपा (एमाले) दमकका प्रनिनिधि राधाकृष्ण आचार्य, राप्रपा दमकका नेता अर्जुन रेग्मी लगायतले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा आमकास झापाकी अध्यक्ष अमला चाम्लिङ राईले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । वहाँले अहिले नेपाली समाजमा बैदेशिक रोजगार नै मूख्य गन्तव्यको रुपमा विकास हुँदै गइरहेको बताउनुभयो । वहाँले बिदेशबाट पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलिरहेको बताउँनुहुँदै बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *