फात्तेप (शिवसताक्षी), ३ माघ–हङकङमा लामो समयदेखि कार्यरत बुद्धराज सेर्मा (चपेता) ले स्थानीय बालसेवा आधारभुत बिध्यालयलाई स्कुल बस खरिदको लागि ५१ हजार १ सय ५१ रुपैया आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

उक्त रकम मङगलबार बिध्यालयमा एक कार्यक्रमाकाबीच सेर्माको श्रीमती आशाहाङमा लावती सेर्माले बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गोबिन ल्वागुन, सल्लाहकार समिति संयोजक जीतेन्द्रराज चेम्जोङ्ग र प्रधानध्यापक बेनुप्रसाद कार्कीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

बिध्यालयले सञ्चालन गरेको स्कुल बस खरिद अभियानलाई सफल बनाउन पहिलो पटक यतिका रकम सहयोग गरेको दाता बुद्घराज सेर्मा (चपेता) ले हाम्रोसरोकारसंगको फोन सम्पर्कमा बताउनुभयो । उहाले थप रकम अन्य हङकङमा कार्यरत साथीभाइहरुसंग संकलन गरेर पठाउने बाताउनुभयो ।

त्यस्तै, वहाँले चाडै नै आफ्नो दिइवङ्गत कान्छा भाई स्वा.अम्मर सेर्माको स्मृतिमा अक्षयकोष स्थापना गरि केहि बिपन्न बालबालिकाहरुलाई अध्यपन गराउने समेत फोन मार्फत जानकारी दिनुभयो ।

बिध्यलायको पुर्व बिद्यार्थी समेत रहनु भएका सेर्मा दम्पती हाल स-परिवार हङकङमा प्रबासी जीवन बिताइ रहनु भएको छ । सामाजिक कार्यमा स्कृय सेर्माले यस क्षेत्रका बिरामीहरुको उपचारमा होस या अन्य कार्यक्रममा होस उहाले स्वतःस्फुर्त रुपमा सहयोग गर्दै आउनु भएको छ । यसअघि यहा सम्पन्न एनि फाक्तेप गोल्ड्कपको लागि पनि उहाले ठुलो धनराशि सहयोग गर्नु भएको थियो । त्यस्तै यसै बिध्यलयको लागि पनि उहाले अङ्ग्रेजी माध्यम पठनपाठनको लागि र लिम्बु भाषा पढाइको लागि आर्थिक सहयोग गरि सक्नु भएको छ ।

सोहि अनुरुप हाल यस बिध्यलयमा कक्षा १ मा आनिपान (लिम्बु भाषा) पठन-पाठन भइरहेको छ । यो भाषा स्थानीय तिर्थाकुमारी लिम्बुले अध्यापन गराइरहनु भएको छ ।

यता, बिध्यलयले मङलबारबाट आर्थिक सहयोग सन्कलन अभियान शुरु गरेको छ । पहिलो पटक बुद्धराज सेर्माबाट प्राप्त रकमको रसिदसंगै आर्थिक सहयोग सन्कलन सुरुवात गरेको बिध्यलयका प्र.अ बेनुप्रसाद कार्कीले बताउनुभयो । उहाले यहि बर्ष बिध्यालयको ५०औ स्थापना दिवसमा स्वर्ण महोत्सव मनाउनु पर्ने र स्कुल बस पनि खरिद गर्नु पर्ने भएकोले बिध्यालयलाइ निकै सकस भएको प्र.अ कार्कीले बताउनुभयो । उहाका अनुसार स्कुल बस खरिद गर्नको लागि करिब ३० लाख रुपैया कर छुट गराएर अनुमानित लागत लाग्ने र यसको लागि सबैको साथ सहयोगको बिध्यलयले अपेक्षा गरेको बताउनुभयो ।

अभिभावकहरुको चौतर्फी यातायत सन्चालन गर्नु पर्ने माग रहेकोले उहाहरुको चाहानालाई मध्यनजर गर्दै स्कुल बस खरिदको लागि बिद्यालय ब्यबस्थापन समितिको मङ्सिर अन्तिम साता बसेको मिटिङ्गबाट निर्णय गरि पारित गरेको थियो । सोहि अनुरुप स्कुल बस खरिद गर्नको लागि पुर्व बिद्यार्थीहरुनै मुख्य श्रोत रहेको ठ्म्याउदै स्वदेश तथा बिदेशमा श्रम गरिरहेका पुर्व बिध्यर्थीहरु, शिक्षासंग सरोकार राख्ने ब्यक्ति, बिभिन्न संघसस्था, स्थानीय शाहुमाजन, सहयोगी मन तथा दाताहरु समक्ष सहयोगको हात फैलाएर आर्थिक संकलन गरिने बिधालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वगुनले बताउनुभयो ।

पुर्व बिध्यार्थी मंचका अध्यक्ष फणेन्द्रराज चेम्जोङको सम्योजकत्वमा सदस्यीय आर्थिक सहयोग सन्कलन समिति गठन गरिएको छ । उक्त समितिको सह–सम्योजकमा मोहन चौहान, सदस्यहरुमा क्रमशः प्रेम रोक्का, इन्द्रकुमार दाहाल, दलकुमार सेर्मा, जसकुमार तामाङ्ग, यामबहादुर राई (सन्जु), दिपक सेर्मा र एक महिला पछि मनोनित गरिने गरि समिति गठन गरिएको छ ।

त्यस्तै, सन्सारको विभिन्न मुलुकहरूमा छरिएर रहेका सहयोगी मन, पुर्व बिद्यार्थीहरुलाई एकीकृत गरि आर्थिक सहयोग जुटाउने उदेश्यले बिदेश बिभाग आर्थिक सहयोग सन्कलन उपसमिति समेत गठन गरिएको छ । जसको सम्योजकमा निकेश खत्री (कतार) लाई जिम्मेवारी दिइएको छ । उक्त समितिको सह-सम्योजकमा बुद्धराज सेर्मा (चपेता) (हङकङ) लाई जिमेवारी तोकिएको छ भने सदस्यहरुमा क्रमशः मणिकुमार शेर्मा, शान्ता शेर्मा (हङकङ), भक्ती शेर्मा, श्याम शेर्मा (युके), सुयेन्नो चेम्जोङ (युके), नवराज चेम्जोङ, खड्क चेम्जोङ, भुपेन्द्र चेम्जोङ्ग र टेकबहादुर आङ्देम्बे हङकङ, कोरियामा रणबहदुर आङ्देम्बे, मंगल योङ्हाङ, मदन सेर्मा, सुजन आङदम्बे, सुनिल आङ्देम्बे, डम्बर सेर्मा, सिताराम मगर र मनिस सेर्मा तोकिएको छ ।

माल्टामा पवन मगर, मुकेश सेर्मा, साइप्रसमा बिर्खुमाया लिम्बु र रन्जित मगर, युकेमा सुनिल सम्बाहाम्फे, दिलेन्द्र सम्बाहाम्फे, बहराइनमा रामु सेर्मा, मलेसियामा राज बराइली र गोपाल ल्वागुन, दुबाइमा सुबास आङ्देम्बे र गौरब ल्वागुन, पोर्चुगलमा राजु रेग्मी, क्रोशियामा बुद्धराज चेम्जोङ्ग, इजाराइलमा दुर्गा सेर्मा (दिलु) राज लिम्बु, ओमनमा कुमार अधिकारी, अमेरिकामा जमुना सम्बाहम्फे र रितु सेर्मा, काठमाण्डौमा लिलाराज आङ्देम्बे र अर्जुन सेर्मालाई जिम्मेवारी तोकिएको बिद्यालयले जनाएको छ ।

त्यसैगरि यि दुबै कार्यक्रमलाई सफल बनाउन गोबिन ल्वागुनको सम्योजकमा सदस्यीय प्रचार प्रसार उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा क्रमश सेलिङ केसी, अनिलदेब राई, सन्तोष राई, बिनोद सापकोटा, सरोज भट्टराई, भाग्य नेउपाने, डाइमण्ड कार्की र प्रदिप चौहान रहेका छ्न ।

बिद्यालयले यहि फागुन तेस्रो साता स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । सोहि अवसरमा स्कुल बस खरिद गर्न सहयोग गर्ने दाताहरुलाई आकर्षक सम्मान पत्रसहित सम्मन गर्ने, शिलामा नाम लेख्ने र स्मारिकामा नामवली प्रकाशन गरिने समेत जनाइएको छ । स्कुल बस भने चैत तेस्रो हप्ता सम्ममा खरिद गरि ०८१ को शैक्षिक सत्रबाट विद्यार्थी ओसारपसार गर्ने गरिको तयारी थालिएको समेत जनाइएको छ ।

२०३० सालमा स्थापना भएको यस बिध्यालयमा हाल २ सय २५ जना बिध्यार्थी कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अङ्रेजी माध्यममा पठनपाठन गरिरहेका छन । तसर्थ, सबै सहयोगी मनहरुको सहयोगको अपेक्षा बिधयलय परिवारले गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *