उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का

काठमाडौं, ४ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनमा सहभागी हुन युगाण्डा गएपछि उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको नेतृत्व गर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा भट्टराईले जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य मन्त्री खड्काले सम्हाल्ने’ उल्लेख छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *