काठमाडौँ, ८ भदौ–देशभर सोमबार ४९७ पुरुष र २४६ जना महिला गरी थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २ जना संक्रमित भएका छन् ।

यसैगरि, मोरङका ३१, संखुवासभामा २, सुनसरीमा २३, धनुषमा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८, सिरहामा १०, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, मकवानपुरमा १८, रामेछापमा २, सिन्धुपाल्चोकमा ५, कास्कीमा २, गोर्खामा १, तनहुँमा ३, नवलपरासीमा १०, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, पाल्पामा २, वर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ६, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा १९, रुकुममा १८, सुर्खेतमा ११, कञ्चनपुरका १९, कैलालीमा ७९, डढेलधुरामा ४, दार्चुलामा १, बाजुरामा १ तथा बैतडीमा ३ जना संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ पुगेको छ। यस्तै, सोमबार कोरोना भाइरस संक्रमण निको भएर थप १७५ जना डिस्चार्ज भएका छन्।

यससँगै डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ८०० पुगेको छ। सोमबार १० हजार २३४ जनाको पीसीआर परिक्षण गरिएको छ। ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *