झलनाथ खनाल

नगरकोट, ६ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्टका निम्ति दलाल पूँजिवाद प्रधानअन्तरविरोध भएको दाबी गर्नु भएको छ।

गतबुधबारदेखि पार्टी विभागले भक्तपुरको नगरकोटमा सुरु गरेको आवासिय प्रशिक्षण कार्यलाई सम्बोधन गर्ने क्रममा नेता अनालले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘हामीले आजको दिनमा प्रधान अन्तरविरोध पत्ता लगाउनुपर्छ। वर्तमान अवस्थामा मुख्यतय तीन वटा अन्तरविरोध छन्। साम्राज्यवाद, प्रभुत्ववाद र दलाल पूँजिवाद। यसका हिसाबका आधारमा हाम्रो अहिलेको प्रधानअन्तरविरोध दलाल पूजिवाद नै हो।’

नेता खनालले ‘नेपाली कम्युनिष्ट आन्दोलनः विगत र वर्तमान’ विषयक शीर्षकमा प्रशिक्षण दिनु भएको थियो। प्रशिक्षणमा मार्क्सवादी दर्शन, नेपाली चरित्रको समाजवाद, आजको विश्व परिवेशमा नेपाली राजनीति, संगठन आदीलगायतका विषयमा प्रशिक्षण दिइने पार्टी केन्द्रीय सदस्य तथा विभाग सचिव अशेष घिमिरेले बताउनु भएको छ।

सचिव घिमिरेकाअनुसार पार्टीका नेताका साथै जनवर्गीय संगठनका ४५ जना प्रशिक्षार्थी प्रशिक्षणमा सहभागी छन्। पार्टी उपाध्यक्ष एवं विभाग प्रमुख प्रमेश हमालको अध्यक्षता एवं सविच घिमिरेको सहजिकरणमा प्रशिक्षण कार्यक्रम जारी छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *