काठमाडौं, ९ माघ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै छ।

आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीको भनाइ छ।

एमालेले माघ मसान्तदेखि गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ।

सुरूआती चरणमा सातै प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको एमालेले अहिले संकल्प यात्राका क्रममा प्राप्त समस्या सम्बोधनका लागि मात्रै ध्यानाकर्षण गराउन लागेको उपमहासचिव ज्ञवालीले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *