दुधे, १० माघ–समृद्ध नेपालका लागि स्वस्थ्य, कर्मठ र उद्यमी महिला भन्ने मूल नाराका साथ पाँच दिवसीय साबुन, हर्पिक, फिनेल बनाउने तालिम बुधबार देखि सुरु भएको छ । महिला तथा बालबालिका शाखाको आर्थिक सहयोग तथा सम्पन्न सबल नेपालको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।

शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत राईले तालिमको उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि तालिम समारोहका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख प्रशासकिय अधिकृत राईले महिला समृद्ध र सक्षम नभएसम्म देशको विकास संभव नहुने भन्दै सिकेको सिपलाई सहि सदुपयोग गर्न सुझाएका छन् ।

दुधेस्थित वार्ड नंं ११ को सभाहलमा सुरुभएको तालिममा वडाध्यक्ष बहादुर आङ्बोले वडाले विभिन्न समयमा महिला तथा अन्य व्यक्तिहरुलाई विभिन्न तालिम दिएतापनि त्यसको कार्यान्वयन नभएको बताउँदै अब भने तालिम लिएकाहरुले व्यवहारमा उतारे नउतारेको अनुगमन तथा निगरानी गर्ने बताएका छन् ।

उद्घाटन कार्यक्रममा शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुली, शिवसताक्षी वार्ड नं ११ का वडा सदस्य पर्शुराम अधिकारी, प्रेम भुजेल लगायतले समयमै तालिममा उपस्थित भई तालिम लिन आह्वान् गरेका छन् ।

पाँच दिने तालिममा झोल साबुन, डल्ला साबुन, हर्पिक, सेतो फिनेल र कालो फिनेल बनाउन सिकाइने सेलवालले जनाएकी थिइन् । वडाध्यक्ष बहादुर आङ्बोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सम्पन्न नेपालकी केन्द्रिय उपाध्यक्ष लिला सेलवालले औचित्यमाथी प्रकाश पारेकी थिइन् । संस्थाका सदस्य देवी अधिकारीको सञ्चालनमा रहेको उद्घाटन कार्यक्रममा स्वागत गोमा नेपालको रहको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *