दिववंत प्रेमवहादुर (आङदम्बे) सुब्बा

केर्खा (कमल), ११ माघ–झापाको कमल गाउँपालिका वडा नं २ का वडाध्यक्ष अशोक (आङदेम्बे) सुब्बालाई पितृशोक परेको छ । वडाध्यक्ष सुब्बा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट कमल–२ बाट वडा अध्यक्षमा निर्वाचित हुन् ।

एकीकृत समाजवादी झापाका सचिवालय सदस्य वडा अध्यक्ष सुब्बाको पिता प्रेमबहादुर आङदेम्बे (सुब्बा) को ८२ बर्षको उमेरमा गएराति कमल-२ क्याम्पास्थित घरैमा निधन भएको हो ।

कमल–२ क्याम्पा बजार निवासी वडा अध्यक्ष सुब्बाका पिता प्रेमबहादुर आङदेम्बे (सुब्बा) पाँचथरको साबिक आङ्सराङ–७ हाल, फाल्गुनन्द–७ मा जन्मिएका हुन् ।

स्वर्गीय आङदेम्बे जीवन यापनको क्रममा साविकः तोपगाछी गाविस हालः कमल गाउँपालिका–२ क्याम्पामा बस्दै आएका थिए । उनको लिम्बू धर्मसंस्कृती, परम्परा अनुसार आजै (बिहिबार) मध्यान्ह १२ बजे घर नजिकै अन्त्येष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

दिववंत आङदम्बेका तिन छोराहरु गजेन्द्र आङदम्बे सुब्बा, शेरबहादुर आङदम्बे सुब्बा र अशोक आङदम्बे सुब्बा छन् भने ६ जना छोरीहरु कौशिला, बिष्णु, अस्मिता, रमिता छन् । सुकमाया र दिलकुमारीको देहान्त भइसकेको परिवार स्रोतले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *