काठमाडौँ, ११ माघ–राष्ट्रियसभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का दुवै जना उम्मेदार विजयी हुनु भएको छन्।
कर्णाली प्रदेशमा महिलातर्फ सावित्री मल्ल र बागमती प्रदेशमा दलिततर्फ घनश्याम रिजाल विश्वकर्मा विजयी हुनु भएको छ। विश्वकर्माले ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी बन्नु भएको छ। उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभारमात्र पाउनु भएको छ।
कर्णालीमा मल्लले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ ११५ मत प्राप्त गर्नु भएको छ। एमालेका उम्मेदवार विमला शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गर्नु भएको छ।
कर्णालीमा तीन वटा सिटका लागि भएको निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका थिए। जसमा नेकपा एमालेका उम्मेदवारहरू पराजित भए भने गठबन्धनका तीनै जना उम्मेदवारहरू विजयी भएका छन्।
