काठमाडौं, १२ माघ–नेकपा (एकीकृत समाजवादी) ले माघ १४ देखि १५ सम्म बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद सदस्य मनोनयन गर्ने निर्णय गरेको छ।

आज बसेको सचिवालय बैठकले खाली रहेको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय गरेको हो।

लम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकिएको छ। गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्जको जिम्मेवारी तोकिएको छ।

यस्तै, गण्डकी प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई अध्यक्ष मनोनयन गर्ने, लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुको राजीनामा स्वीकृत गर्दै रिक्त स्थानमा अशोक कोइरालालाई चयन गर्ने निर्णय गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *