झिलझिले, १२ माघ–ओएसिस एकाडेमीले आज २१औं स्थापना दिवस तथा शैक्षिक सत्र २०८० को बार्षिक कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी–८ सृजना चौकमा अवस्थित ओएसिस एकाडेमीले विद्यालय परिसरमा शुक्रबार २१ओं स्थापना दिवस तथा शैक्षिक सत्र २०८० को बार्षिक कार्यक्रम सम्पन्न गरेको हो ।
एकाडेमीका फाउण्डर तथा प्रिन्सिपल उदयप्रकाश राईको अध्यक्षताामा शिबसताक्षी–८ का वडाध्यक्ष सन्त फेउदिनको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो । सो कार्यक्रममा त्यहाँ अध्ययनरत विद्यार्थीहरुले गीत, कविता र मन्तव्य राखेका थिए । त्यसैगरी, सोही कार्यक्रममा ओएसिस एकाडेमीमा अध्यापनरत शिक्षिकाहरुले मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एकाडेमीका फाउण्डर तथा प्रिन्सिपल राईले स्थानीयस्तरमा गुणस्तरीय र प्राविधिक तथा व्यवहारिक शिक्षाका लागि आगामी शैक्षिक सत्रमा कार्यक्रमहरु सञ्चालन गरिनेमा जोड दिएका थिए । फाउण्डर तथा प्रिन्सिपल राईले बोडिङको नाममा विद्यार्थीहरुलाई टाईसुट मात्रै नभएर उनीहरुलाई असल र व्यवहारिक शिक्षाको समेत ओएसिस एकाडेमीले चाहेको बताउदैं शहर बजारका बोडिङ स्कुलको तुलनामा न्यून आर्थिक खर्चमा विद्यार्थीहरु पठनपाठनका लागि अघि बड्ने बताए ।
फाउण्डर तथा प्रिन्सिपल राईले विद्यालयलाई आगामी शैक्षिक सत्रमा एक तह बढाउने र क्रमशः कक्षा ९ र १० सम्म कक्षा थप्ने बताए । हाल, विद्यालयमा कक्षा ७ सम्म पठनपाठन भइरहेको छ । त्यसैगरी, विद्यालयमा स्वच्छ पिउने पानी, खेलमैदान, सौचालय, फुलबारी, विभिन्न खेलकुदका सामाग्रीहरु सहित विद्यार्थीहरुलाई पठनपाठन गर्न ओएसिस एकाडेमीले लक्ष्य राखेको फाउण्डर तथा प्रिन्सिपल राईले जानकारी दिए ।
एकाडेमीका लेखापाल मिना राईले स्वागत मन्तव्य राखेकी कार्यक्रममा शिबसताक्षी–७ का वडाध्यक्ष भवानी बिक्रम चेम्जोङले शैक्षिक संस्थामा लामो समयदेखि काम गर्दै आउनुभएका फाउण्डर तथा प्रिन्सिपल उदयप्रकाशको अनुभव र लगनशिलताले ओएसिस एकाडेमीको हिजोको अवस्था र आजको अवस्थामा परिवर्तन भएको र आगामी समयमा पनि यस्तै प्रगतीपथमा अघि बढ्नेमा आशा व्यक्त गरे । त्यस्तैं, कार्यक्रममा स्थानीय अभिभावक टीकाराम उप्रेती र मणी इजमले समेत ओएसिस एकाडेमीको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिबसताक्षी–८ का वडासदस्य सरेन थिङदोर्जे, ज्ञानु लुइटेल, झिलझिले माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक भीमप्रसाद भण्डारी, शिक्षक प्रेमबहादुर खड्का, चुलाचुली सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष पूर्ण मेन्याङबो, धनेन रिङ्गालुङ राई, सताक्षी प्रेस क्लबका अध्यक्ष सेलिङ केसी, समाजवादी प्रेष सैगठन झापाका उपसचिव गोविन ल्वागुन, पत्रकार किशोर राई लगायत स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।
