गोविन ल्वागुन/झिलझिले (शिवसताक्षी), १३ माघ–शिवसताक्षी ८ शृजना चोकमा रहेको ओएसिस एकाडेमीले शुक्रबार २१औ बार्षिक उत्सब धुमधामले मनाएको छ ।

बिध्यालय परिसरमा आयोजित कार्यक्रमको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तकुमार फेवदिनले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सम्बोधन गर्नुगर्दै उहाले शिक्षा नै सबै भन्दा ठुलो धन भएकोले नियमित पठन पाठन गर्न गराउन सबै बिध्यार्थी तथा अभिभावकहरुलाइ आग्रह गर्नु भयो ।

वाडाको दक्षिणी क्षेत्रमा स्थापना भएको ओएसिस एकाडेमीले ब्यबहारिक र सस्कार सहितको शिक्षा दिदै असल बिध्यार्थी उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाले यस बिध्यलयलाई आवश्यक परेमा आफ्नो र वाडाको तर्फबाट सधै सकारात्मक सहयोग रहने धारणा समेत राख्नु भयो ।

कार्यक्रममा बिद्यालयका फाउण्डर प्रिन्सिपल उदयप्रकाश राईले विद्यालयको भाबी योजना, लक्षय र उदेश्य प्रस्तुत गर्नुभयो । उहाले कक्षा ८ सम्मको स्वीकृति पाएको भए पनि हाल सात कक्षासम्म मात्र पढाइ भैरहेकोले यहि शैक्षिक सत्रबाट कक्षा ८ सम्म अध्यापन गराउने बताउनु भयो ।

त्यस्तै, उहाले विद्यालयको पोशाक परिवर्तन गर्ने र यो बर्ष सर्ट मात्र परिवर्तन गरि कपडा निशुल्क बितरण गर्ने जानकारी दिनु भयो । उहाले आफना बाल बच्चाहरुको पहिलो पाठ्शाला भनेको घर भएकोले घरमा नियमित गृहकार्य गराए पढ्ने वातावरण मिलाइदिन सबै अभिभावक हरुलाइ आनुरोध गर्नु भयो ।

सो अवसरमा कक्षा ७ का क्षात्राहरु सुप्रीया बोखिम, प्रतीक्षा चौधरी, गृश्मा पौडेल, अलिशा खड्काले क्रमशः निबन्ध, कबिता र गित प्रस्तुत गरेका थिए । त्यसैगरी कक्षा १ का बिद्यार्थीहरुले र्यामस गएर उपस्थित सबैलाइ मनोरञ्जन दिलाएका थिए ।

उक्त अवसरमा सस्थापक अभिभावक भिमप्रसाद प्रसाइ, मणि लिम्बु, वाडा नम्बर ७ अध्यक्ष भुवानीबिक्रम चेम्जोङ कार्यक्रमको शुभकामनासहित आ–आफ्नो धारणा राखेका थिए ।

अभिभावकहरुको उल्लेख्य मात्रमा उपस्थिति रहेको कार्यक्रममा विद्यालयकी लेखा प्रमुख मिना राईले स्वागत मन्तब्य राखेका थिइन भने सञ्चालन शिक्षाकद्धय बिबेक भुर्तेल र तारा मिसले गर्नु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *