काठमाडौं, ९ भदौ–सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ३३८ पुगेको छ । सोमबार ११४ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ५ हजार ३३८ पुगेको हो ।

हालसम्म ४ हजार ४०० जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १ हजार ५८५ जना छन् ।

अछाममा ८३६, बैतडीमा ३३१, बझाङमा २८८, बाजुरामा ४५२, डडेल्धुरामा ३१२, दार्चुला ४४, डोटीमा ८५० र कञ्चनपुरमा ६४१ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ३ हजार १२२ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *