काठमाडौं, ९ भदौं–अमेरिकी डलरको विनिमय दर मंगलबार ११९ रुपैयाँ कायम भएको छ । सोमबारसम्म प्रतिडलर १२० रुपैयाँ पर्ने अमेरिकी डलर किन्न मंगलबार ११९ रुपैयाँ तिर्नुपर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विनियम दरअनुसार अमेरिकी डलरको भाउ ११९ रुपैयाँ २० पैसा पर्नेछ । हिजोसम्म डलर किन्न १२० रुपैयाँ ५ पैसा पर्थ्यो ।
जुन महिनामा १२२ रुपैयाँसम्म पर्ने गरेको अमेरिकी डलर जुलाई र अगस्तमा १२१ हुँदै १२० सम्म झरेको थियो ।
अमेरिकी डलर सस्तो बनेको दिन युरोको विनिमय दर १४१ रुपैयाँ १५ पैसा तथा पाउन्ड स्टर्लिङ १५६ रुपैयाँ ५० पैसा कायम छ ।
