एजेन्सी, ९ भदौं–पोर्चुगल फुटबल संघले यूईएफए नेसन्स लिग फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । संघले नेसन्स लिगका लागि २५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेसन्स लिगअन्तर्गत पोर्चुगलले क्रोएसिया र स्विडेनसँगको सेप्टेम्बरमा खेल्नेछ । साविकको विजेता पोर्चुगलले क्रोएसियासँग ५ सेप्टेम्बरमा खेल्नेछ । क्रोएसियासँग पोर्चुगलले घरेलु मैदान स्टाडियोडो डो ड्रागाओमा हुने तय भएको छ ।
त्यस्तै , म्बरमा खेल्नेछ । खेल स्विडेनको घरेलु मैदान फ्रेन्डस् एरिनामा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति १२स्३० बजे हुने तय भएको छ । त्यसको एक महिनापछि पोर्चुगलले स्पेनसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
स्पेनसँगको मैत्रीपूर्ण खेल ७ अक्टुबरमा खेल्नेछ । गत वर्ष पोर्चुगलले फाइनलमा नेदरल्यान्ड्सलाई १(० गोलले पराजित गर्दै नेसन्स लिगको उपाधि जितेको थियो ।
गोलकिपरः एन्थोनी लोपेज, रुई प्याट्रिसिओ र रुई सिल्भा
डिफेन्डरः पेपे, जोआ कान्सेलो, नेल्सन सेमिडो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुई र राफेल गुएरेरो
मिडफिल्डरः ब्रुनो फर्नान्डेस, डानिलो पेरिरा, आन्द्रे गोमेस, रुबेन नेभेस, जोआ माउटिन्हो, रेनाटो सान्चेज र सेर्गियो ओलिभिरा
फरवार्डः क्रिस्टियानो रोनाल्डोसँगै आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, डिएगो जोटा, गोन्सालो गुइडेस, जोआ फेलिक्स र ट्रिनकाओ
