एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

जनकपुरधाम, १८ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विचार नपुर्‍याएको बताएका छन्।

बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सो विषयमा बोल्दा कम्तीमा आफूसँग प्रधानमन्त्रीले सल्लाह गरेर बोलेको भए राम्रो हुने आशय व्‍यक्त गरे।

अध्यक्ष नेपालले भने, ‘गिरिजा बाबु त मसँग बिनासल्लाह नगरी यस विषयमा बोल्नु हुन्थेन उहाँ कसरी अचानक बोल्नुभयो खैरु’ एमाले अध्यक्ष केपी ओलीले समेत दिपेन्द्र हत्यारा होइन भनेर बोल्नुभयो निरु भन्ने प्रश्नमा उनले ओलीजी पछि गृहमन्त्री र प्रधानमन्त्रीसमेत हुनुभएकाले सूचना पाएर नै हत्यारा को भन्ने संकेत गर्नुभएको हुनुपर्छ भनेर टिप्पणी गरे।

ओलीले वंश बाँकी रहेकाहरुतर्फ संकेत गरेको अध्यक्ष नेपालले स्पष्ट पारेका छन्। राजतन्त्र अब मसानघाटको मुर्दा भइसकेकाको भन्दै अध्यक्ष नेपालले कसैले फर्काउन नसक्ने र फर्काउन पनि नदिइने चेतावनी दिए।

नेपालले वर्तमान संघीय सरकारको एक वर्षको कामहरुको समीक्षा हुनुपर्ने कुरा गलत नभएको पनि बताए।

पूर्वप्रधानमन्त्री नेपालले सरकारको कामको समीक्षा हुनुपर्ने यद्यपि गठबन्धन पाँचै वर्ष चल्ने र कसैले बिगार्न नसक्ने ठोकुवासमेत गरे। प्रधानमन्त्री प्रचण्डले कतिपय धेरै राम्रा कामहरु गरिरहेको समेत उनले दाबी गरे।

प्रधानमन्त्री दाहालले केही दिन अघि २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे सरकारले पुनस् सत्यतथ्य छानविन गर्ने बताएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *