शिबसताक्षी–१० माइधारस्थित बालनिकुञ्ज माध्यमिक विद्यालयले स्कुल वस खरिदका लागि दोमुखा धार्मीक तथा पर्यटन विकास संस्थाका तर्फबाट रु १ लाख सहयोग हस्तान्त्रण गरिदैं ।

शिबसताक्षी, १८ माघ–झापाको शिबसताक्षी नगरभित्रका सामुदायीक विद्यालयहरुले विद्यार्थीहरुलाई सहजताका लागि ‘स्कुल बस’ सञ्चालनमा तीब्रता दिएको पाइएको छ ।

केही वर्षहरु अघि सामुदायीक विद्यालयको तुलनामा निजी बोडिङ विद्यालयहरुमा अभिभावक तथा विद्यार्थीहरुको आर्कषण बढ्दो अवस्थामा थियो । तर, पछिल्लो समय सामुदायीक विद्यालयहरुले पनि विद्यालयको भवन, कक्षा कोठा, खेलमैदान, पूस्तकाालय, सौचालय, अतरिक्त क्रियाकलाहरुसहित अंग्रेजी माध्यमद्धारा पठनपाठन र स्कुल वसको सुविधा उपलब्ध गराएसंगै विद्यार्थीहरुको आर्कषण बढ्दैं आएको हो ।

शिबसताक्षी नगरमा ३५ वटा सामुदायीक विद्यालयहरु छन् भने उतिकै संख्यामा निजी तथा बोडिङ स्कुलहरु सञ्चालनमा आएका छन् । अहिले, स्थानीय तह गठन र जनप्रतिनिधीहरु मार्फत सामुदायीक विद्यालयको विकास र संरक्षणका लागि अधिकार प्राप्त भएपछि सामुदायीक विद्यालयको प्रगती क्रमशः बढ्दो अवस्था पाइएको छ ।

यसैबीच, शिबसताक्षीमा आधा दर्जन सामुदायीक विद्यालयहरुले स्कुल वस सञ्चालन गरिरहेका छन् । शिबसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमर्णिय आदर्श माध्यमिक विद्यालय, शिबसताक्षी–७ लालझोडास्थित भानु माध्यमिक विद्यालय, शिबसताक्षी–१० माइधारस्थित बाल निकुञ्ज माध्यमिक विद्यालय, शिबसताक्षी–६ हल्दिबारीस्थित सरस्वती आधारभूत विद्यालय र शिबसताक्षी–७ ब्याङडाडास्थित भगवती माध्यमिक विद्यालयले स्कुल बस सञ्चालन गरिरहेको छ । यसबीच, सरस्वती आधारमुत विद्यालले आन्तरिक समस्याले स्कुल बस सञ्चालन गर्न नसकिएको बताएको छ ।

नगर प्रमुख मेघाहाङ (रोशन) थोप्राका अनुसार शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयले स्कुल वस सञ्चालनका लागि तयारी तीब्र पारेको छ । त्यस्तैं, माइधारस्थित बाल निकुञ्ज माध्यमिक विद्यालयले अर्को थप स्कुल वस सञ्चालन गर्न तयारी गरेको छ । सो विद्यालयमा यसअघि, एउटा स्कुल वस सञ्चालनमा आइरहेको छ ।

विद्यालयका सहायक प्रधानध्यापक बिष्णुप्रसाद खतिवडाका अनुसार विद्यालयमा आउने विद्यार्थीहरुको चापको कारण अर्को वस ल्याउने योजनाका साथ काम गरिरहेका छौं । विद्यालयमा दक्षिणी इलामको महमाई हालः माइनगरपालिकाका विद्यार्थीहरु पठनपाठनका लागि आउने गरेको र दोमुखा लगायतका क्षेत्रहरुबाट समेत विद्यार्थीहरु आउने गरेका छन् । सो क्षेत्रबाट आउने विद्यार्थीहरुको सहजताका लागि विद्यालयले अर्को वस ल्याउन लागिएको सहायक प्रधानध्यापक खतिवडाले बताए ।

यसैबीच,, विद्यालयले बस सञ्चालनका लागि दोमुखा धार्मीक तथा पर्यटन विकास संस्थाले रु १ लाख सहयोग हस्तान्त्रण गरेको छ । शिबसताक्षी–१० मा अवस्थित दोमुखा धार्मीक तथा पर्यटन विकास संस्थाले बालनिकुञ्ज माध्यमिक विद्यालयले थप्न लागेको स्कुल वस खरिदका लागि सो सहयोग रकम आज (बिहिबार) विद्यालयमा पुगेर हस्तान्त्रण गरेको हो ।

विद्यालयका प्रधानध्यापक भुवानी थापा र सहायक प्रधानध्यापक बिष्णुप्रसाद खतिवडालाई रु १ लाख हस्तान्त्रण गरिएको हो । सो सहयोग रुपैया दोमुखा धार्मीक तथा पर्यटन विकास संस्थाका अध्यक्ष धनप्रसाद लावोती, उपाध्यक्ष चुडामणी (रमेश) तिम्सिना, धार्मीकतर्फ उपाध्यक्ष सुमन संग्रौला, सचिव धनकुमार ढकाल र सहसचिव फणिन्द्र राईको उपस्थिति थियो । अध्यक्ष लावोतीले अनुसार विद्यालयलाई पहिलो किस्ता वापत रु १ लाख उपलब्ध गराइएको र छिट्टै दोस्रो किस्ता वापत रु १ लाख उपलब्ध गराइने बताए ।

विद्यालयका सहायक प्रअ खतिवडाले स्कुल वसका लागि आवश्यक रु ३० लाख जुटाउने अभियान भइरहेको र यसैअन्तर्गत दोमुखा धार्मीक तथा पर्यटन विकास संस्थाको सहयोगप्रति आभार व्यक्त गरे । वहाँका अनुसार बिद्यालयमा ८ सय ९७ जना विद्यार्थीहरु अध्ययनरत छन् । माइधारदेखि उत्तरका गाउँदेखि महमाई इलामका विद्यार्थीहरु विद्यालयमा अध्ययनरत छन् ।

यता, बालसेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै स्कुल वस खरिदका लागि सहयोग सङ्कलन गरिदै छ । अंग्रेजी माध्यमद्धारा पठनपाठन हुने बालसेवा आधारभूत विद्यालयमा लिम्बू भाषाको समेत कक्षा सञ्चालन भइरहेको अध्यक्ष ल्वागुनले बताए । उनले स्कुल वस खदिरका लािग त्यहाँ अध्ययनरत पूर्व विद्यार्थीहरुले सहयोग जुटाइरहेको र सो सहयोगबाटै स्कुल वस ल्याइने जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *