काठमाडौं, ९ भदौं–रुपन्देहीमा गैडहवा गाउँपालिका–३ का ५० वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। उनको सोमबार राति ११ बजे बुटवलको भीम अस्पतालमा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित प्रजापतिले जानकारी दिए।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनलई हिजो मात्रै अस्पतालले भीम अस्पताल रिफर गरेको प्रजापतिको भनाइ छ। टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *