बोलोचोक (शिवसताक्षी), २१ माघ–झापाको शिवसताक्षीमा जारी आदिवासी ऐतिहासिक फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिका वडा नं ३ पाराबारीले हात पारेको छ । पाराबारीले झापा गाउँपालिका वडा नं। ७ मदरगाछ टिमलाई ४– ० गोल अन्तरले हराउँदै पाराबारीले उपाधि हात पारेको हो ।

उपाधि हात पारेसँगै शिवसताक्षी ३ पाराबारीले नगद ३१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजता झापा गाउँपालिकाले मदरगाछले नगद २१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिता शिवसताक्षी नगरपालिका वडा नं ४ बोलोचोक पश्चिमको खेलमैदानमा माघ १० गतेबाट सुरु गरिएको थियो । प्रतियोगिताको उद्घाटन संघीय सांसद एलपी साँवा लिम्बुले गरेका थिए । प्रतियोगिता वडा ४ को आर्थिक सहयोगमा सञ्चानल भएको थियो । प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *