काठमाडौं, ९ भदौं–कैलालीमा आईशोलेसनमा बसेकी एक महिलाको गएराति मृत्यु भएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ११ की ३५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीका प्रशासकिय अधिकृत सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

महिलाको मृत्युपछि कोरोना परिक्षणका लागि स्वाव संकलन गरेर सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ। उनि मृगौलाबाट पीडित थिइन्। भारतबाट मृगौलाको उपचार गराएर कैलाली फर्किएकी महिलामा मृत्युपछि मात्र परीक्षण गर्न लागिएको हो।

सूचना अधिकारी जोशीको अनुसार महिलाको श्रीमान र छोरामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *