एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, २५ माघ–नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन् ।

नेपाली कांग्रेसका केही नेताहरूले पूर्वसहमतिअनुसार अब नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल प्रधानमन्त्री हुनुपर्ने अभिव्यक्ति सार्वजनिक भइरहेको सन्दर्भमा पत्रकारका जिज्ञासाको जवाफमा नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै पदमा रहनुपर्ने बताए ।

संसद् बैठकपछि अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारहरूलाई पूर्वप्रधानमन्त्री समेत रहनुभएको एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, “अब सरकारले आगामी आवका निम्ति नीति तथा कार्यक्रम अनि बजेट तयार गर्नुपर्ने भएकाले प्रधानमन्त्री परिवर्तनको विषय सार्वजनिक गर्ने उपयुक्त समय होइन । प्रचण्डजी नै प्रधानमन्त्री रहनुपर्छ ।”

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *