काठमाडौं, ९ भदौं–सुनको मूल्य निरन्तर झर्दै आएको छ । आइतबारदेखि घट्न थालेको सुनको भाउ मंगलबार पनि घट्ने क्रम जारी रह्यो । सोमबारको तुलनामा आज मंगलबार सुन तोलामा ७ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावल सुन तोलाको ९७ हजार २ सय कायम गरेको छ । हिजो सोमबार तोलाको ९७ हजार ९ सय कायम गरिएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि तोलाको ९६ हजार ७ सय कायम भएको छ । सोमबार तोलाको ९७ हजार ४ सय निर्धारण गरिएको थियो । आज चाँदीको भाउ तोलाको १३ सय २० रुपैयाँमै स्थिर छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *