झिलझिले (शिवसताक्षी), २६ माघ–शिवसताक्षी ८ का युबराज शेर्मा लगायत वहाँको परिवारले आफ्नो दिवगंत माता–पिताको स्मृतिमा फाक्तेपस्थित बाल सेवा आधारभुत बिद्यालयमा ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गर्नु भएको छ ।

शेर्मा परिवारले बिहीवार एक कार्यक्रमको आयोजनाबीच बिद्यालयलाई अक्षयकोष निर्माणका लागि उक्त रकम हस्तान्तरण गर्नु भएको हो । आफ्नो पिता धनकुमार शेर्माको शुद्दाई कार्यक्रममा लाग्ने फजुल खर्च साथै पितृको नाममा फलैचा बनाउने प्रचलनलाई कटौती गरि बालसेवा आधारभुत बिद्यालयमा अक्षयकोष स्थापना गरेको पुर्व बिध्यार्थीसमेत रहेका दाता मध्ये माइला सुपुत्र युबराज शेर्माले बताए ।

युबराजका अनुसार ‘धनकुमार–रनमाया शेर्मा स्मृति अक्षयकोष’ स्थापना गरेको र उक्त कोषको ब्यजबाट २ जना बिपन्न बिध्यार्थी र २ जना कक्षा ५ बाट उत्कृष्ट अङ्का प्राप्त गर्ने एक छात्र एक छात्रालाई दामासायी बितरण गरिने गरि सम्झौता गरिएको जानकारी दिए ।

सामुदायिक बिधालयमा बिशेश गरि बिपन्न समुदायको विद्यार्थीहरु अध्ययन गर्ने भएकोले केहि विद्यार्थीहरुलाई राहत पुगोस भनेर शिक्षा जस्तो ज्ञानको मन्दिरमा अक्षयकोष स्थापना गरिएको, युबराजले भने ।

बुबा धनकुमार शेर्मा गत माघ ५ गते ७३ बर्षको उमेरमा परलोक हुनुभएको थियो भने उहाहरुको आमा रनमाया सेर्मा २०६६ सालमा नै निधन भएको परिवारले जनाएको छ । शेर्मा दम्पपतीको ५ भाइ छोरा र ५ बहिनि बुहारी छन् । जसमा भीम–ंबिजेता, युबराजं–रेखा, प्रेमं निशा, मदनं–कृपा र दिपकं–गोमा शेर्मा छ्न ।

यससंगैं, बिद्यालयमा ३ वटा अक्षयकोष स्थापना भएको बालसेवा आधारभुत बिद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्कीले बताए । उहाका अनुसार यसअघि सुजना शेर्मा स्मृति अक्षयकोष १ लाख ५१ हजार, धनबर्ण हंसमाया चेम्जोङ्ग स्मृति अक्षयकोष ५१ हजार रहेको छ ।

त्यसैगरि उहाँहरुले बिद्यालयले सन्चालन गरेको स्कुल बस खरिद अभियानको लागि २० हजार १ सय रुपैया समेत सहयोग प्रदान गरिसकेका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएको पत्रकार गोविन ल्वागुनले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *