चन्द्रगढी, २७ माघ–नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन इकाइ समिति भद्रपुरको १७औं साधरणसभा आज (शनिबार) सम्पन्न भएको छ । झापा जिल्ला अदालतका जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समितिको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अग्रज कानुन ब्यवसायी हर्कमानर्सिह राजबबंशी, पुरुषोत्तम अधिकारी, उत्कृष्ट लिखतमा प्रकाश निरौला र सुगम सुवेदीलाई सम्मान गरिएको थियो । त्यसैगरी एसइइ परीक्षामा उत्कृष्ट हुने लेखापढी एसोसिएसनका सदस्यका सन्तति भुमिका घिमिरे, अनिश सन्जेल, एलिसा घिमिरे, पुकार चौहान र समता भन्डारीलाई नगद राशीसहित सम्मान गरिएको थियो ।

कार्यक्रमममा प्रमुख अतिथि जिल्ला न्यायाधीश बस्नेत, सस्थाका केन्द्रिय महासचिव कृष्णप्रसाद दाहाल, केन्द्रिय निर्वाचन पर्यवेक्षण समिति संयोजक सरोज घिमिरे, प्रदेश अध्यक्ष युवराज कार्की, भुमि सुधार तथा मालपोत कार्यालय झापाका प्रमुख शेरबहादुर भण्डारी, झापा बार एसोसिएसनका उपाध्यक्ष भिम बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

नेपाल लेखापढी कानुन ब्यवसायी कानुन एसोसिएसन इकाई समिति भद्रपुरका अध्यक्ष लावण्यकुमार पोखरेलको अध्यक्षता, मुरारी नेउपानेको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत प्रकाश निरौलाले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *