काठमाडौं, २८ माघ–लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायमै छ। गएराति भएको खेलमा उसले बर्नलीलाई ३–१ ले हरायो।

उसका लागि डिएगो जोटाले पहिलो गोल गरेयता रेलिगेसनबाट बच्न संघर्षरत बर्नलीका लागि डारा ओ’सले बराबरी गोल फर्काए। लिभरपुलका लुइस डियाज र डारविन नुनेजले गोल गरे।

गएराति नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले एभरटनलाई २–० ले हराएर शीर्षमा उक्लेको थियो। यद्यपि सिटीले एक खेल कम खेलेको छ। लिभरपुलको २४ खेलबाट ५४ अंक भएको छ भने २३ खेल खेलेको सिटीको ५२ अंक छ।

अन्य खेलमा फुलहमले बर्नमाउथलाई ३–१, सेफिल्ड युनाइटेडले लुटन टाउनलाई ३–१, टोटनहमले ब्राइटनलाई २–१, ब्रेन्टफोर्डले उल्भ्सलाई २–० ले न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ ले हरायो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *