सर्लाही, ९ भदौं–सर्लाहीको नयाँरोड मधुवनी सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ। बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्रका हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरीको ठक्करबाट मृत्यु भएको हो।
सोमबार राति रामनगर गाउँपालिकास्थित उनी सवार प्रदेश २–०३–००२ प ५२१० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए।
घटनामा संलग्न ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
