एजेन्सी, ९ भदौं–इङ्लिस क्लब म्यानचेस्टर सिटीद्ये बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीलाई अनुबन्धन तयारी थालेको छ। यो सिजनको ला लिगा र च्याम्पियन्स लिग दुवै उपाधि जित्‍न नसकेको बार्सिलोनाले नयाँ प्रशिक्षक भित्र्याएसँगै बार्सिलोनामा मेसीको भविष्य अनिश्‍चित बनेको छ। उसले यही समर ट्रान्सफर विन्डोमा मेसीलाई भित्र्याउनका लागि सम्भावना खोज्‍न आवश्यक तयारी थालेको हो।

बार्सिलोनामा नयाँ हेड कोचका रुपमा रोनाल्ड कोमेन आएसँगै मेसीको भविष्यबारे अनेक अड्कलबाजी भइरहेका छन्। नयाँ प्रशिक्षक आएसँगै बिदा छाडेर बार्सिलोना फर्किएका मेसीले त्यहाँ आफ्नो भविष्यबारे अनिश्‍चितता जनाएसँगै उनलाई भित्र्याउन अन्य युरोपियन क्लब लालयित देखिएका छन्। उनीमाथि पिएसजी, इन्टर मिलान जस्ता क्लबले पनि चासो देखाइरहेका छन्।

रियल मड्रिडलाई ला लिगा सुम्पिएको बार्सिलोना च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा हिजो बायर्न म्युनिखसँग फराकिलो हार भोग्‍न बाध्य भएपछि मेसीले बार्सिलोना छाड्न चाहेको खबर सार्वजनिक भएका थिए। चर्चित खेल पोर्टन इएसपिएनले यो सिजन पनि च्याम्पियन्स लिगमा प्रभाव जमाउन नसकेको अवस्थामा सिटीका प्रशिक्षक तथा बार्सिलोनामा मेसीका पूर्व म्यानेजर पेप ग्वार्डिओलाले उनलाई भित्र्याउन चाहेको जनाएको छ।

मेसीलाई ल्याउन क्लबको बित्तीय अवस्था र बार्सिलोना तोक्‍ने मूल्यको सम्भावना र तालमेल मिलाउन सिटीले विकल्प खोजेको हो। युइएफएले तोके अनुसारको आर्थिक नियम उलंघन नहुने गरी क्लबको वित्तीय अनुशासनको नियम पालना गर्दै मेसीका लागि तोकेको मूल्यमा बार्सिलोना छलफल गर्न तयार भए अर्जेन्टिनी स्टारलाई अनुबन्धनको औपचारिक प्रस्ताव राख्‍ने सिटीले तयारी थालेको छ।

इसएसपिएका अनुसार बार्सिलोनाका केही बोर्ड सदस्य ३३ वर्षीय खेलाडीलाई बेच्‍ने विल्कपमा जानुपर्ने पक्षमा छन्। मेसीले बार्सिलोना छाड्न चाहेको अवस्थामामा उनलाई बेच्‍ने विकल्प समेत खुला राखिनुपर्ने मत उनीहरुले राखेका छन्। बार्सिलोनाले एक साता पहिले मात्रै साउथह्याम्टन, एभर्टन र नेदरल्याण्डको कमान सम्हालिसकेका रोनाल्ड कोम्यानलाई क्लबको नयाँ प्रशिक्षक बनाइसकेको छ। उनले मेसीलाई भेटेर छलफल गरे पनि त्यो सकारात्मक नभएको समाचार बाहिरिएका थिए।

मेसीले अहिलेसम्मको फुटबल करियर बार्सिलोनामै बिताएका छन्। अहिलेसम्म उत्कृष्ट लयमा रहेका उनी यो सिजन क्लब एकदमै खराब अवस्थाबाट गुज्रिएपछि छाड्न चाहेका हुन्। मेसी सन् २००७र०८ यता पहिलो पटक उपाधिविहीन भएका छन्। मेसीसँग बार्सिलोनाको सम्झौता सन् २०२१ सम्म छ। बार्सिलोनाका बोर्ड मेम्बरहरुले मेसीको निर्धारित रिलिज क्लज भन्दा घटेर उनलाई बेच्न नसकिने अडानमा छन्।

मेसीलाई भित्र्याउनका लागि सिटीले युइएफएले तोकोक वित्तीय अनुशासनको नियम पालना गर्नुपर्ने हुन्छ। अर्कातिर विश्‍वभर अहिले देखिएको कोभिड-१९ बाट उत्पन्‍न आर्थिक मन्दीका कारण पनि सिटीलाई समस्या छ। सिटीका अध्यक्ष खलदुन अल मुबारकले कोभिडका कारण आएको आर्थिक संकटले समस्या भएको बताएका छन्। तर पनि उनले समर ट्रान्सफर विन्डोमा अझै राम्रा केही खेलाडी ल्याउने बताएका छन्।

सिटीमाथि यसअघि पनि वित्तीय नियम उलंघन आरोप लागेको थियो। एक महिनाअघि मात्रै कोर्ट अफ आर्बिटेसनले सिटीलाई युइएफएले लगाएको दुई वर्षको प्रतिबन्ध फुकुवा गरेको थियो। यो फुकुवाले सिटीले च्याम्पिन्स लिग खेल्न नपाउने अवस्था टरेको थियो। यदि सिटीले बार्साबाट मेसीलाई ल्याएमा उनको तलब र मूल्यले विश्‍व कीर्तिमान बनाउनेछ।

यसअघि सन् २०१७ मा पिएसजीले नेयमारलाई २ सय मिलियन पाउण्डमा किनेको थियो। हाल सिटीको कमान सम्हालिरहेका ग्वार्डीओलाल र मेसीले दुई सिजन च्याम्पियन्स लिग र तीन पटक लागि लिगा जितेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *