काठमाडौं, ९ भदौं–कोडिभ १९ का कारण विदेशमा रहेका नेपालीको अर्को चरणको उद्धार आजबाट पुनः सुरु भएको छ ।

सरकारले विमान सेवा कम्पनीहरुलाई पुनः चार्टर्ड उडान गर्न दिएको छ । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको र होटेल क्‍वारेन्टिनको व्यवस्थापन हुन नसकेको गत सोमबारबाट उद्धारमा रोक लगाइएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले नयाँ तालिकाअनुसार आज (मंगलबार) यूएईको सारजहाबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउनेछ । यसैगरी बुधबार आबुधावीबाट इत्तिहाद एयर, दुबईबाट र फ्लाई दुबईले नेपालीलाई काठमाडौं ल्याउनेछन् ।

नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट बिहीबार नेपाली यात्रु ल्याउनेछन् । बिहीबारै युरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका मन्त्रालयको छ ।

यो बीचमा सरकारले नेपाल एयरलाइन्सलाई ६ वटा गन्तव्यबाट चार्टर्ड उडान गरी नेपाली ल्याउन अनुमति दिएको छ भने हिमालय एयरलाइन्सलाई पाँचवटा गन्तव्यमा चार्टर्ड उडानका लागि अनुमति दिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *