दमक, ९ भदौ–झापाको दमकका १८१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर जाँचका लागी पठाइएका २०९ मध्ये १८१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
पछिल्लो एक साता यता स्वाब परीक्षण गरिएका उनीहरुको रिपोर्ट आज आएको र ती मध्ये २८ जनाको रिपोर्ट भने होल्डिङ रहेको बताइको छ । पछिल्ला दिन संक्रमण देखिएका बिद्युत प्राधिकरण, जीवन बिकास, टेलिकम , मालपोत कार्यालय र क्वारेन्टाइनमा बस्दै आएकाहरुको नमुना परीक्षण गरिएको थियो ।
यसैवीच, कोभिड अस्पताल तथा विभिन्न होम आइसुलेसनमा उपचाररत २२ संक्रमितको पनि नमुना पठाएकोमा ९ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले वताए ।
