दमक, ९ भाद्र–झापाको कमल गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार दिन अघि संक्रमण देखिएको व्यक्तिको सम्पर्कमा रहेका २१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाइएकोमा आज थप २ जनामा संक्रमण पुष्टि भएको गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमण देखिनेमा कमल ३ की ४१ वर्षीया महिला र वडा नम्बर ६ का ६० वर्षीय पुरुष रहेका छन् । योसँगै कमलमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । यसअघि तीन जना भने निको भएर घर फर्किएका छन् ।

कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका अनुसार संक्रमण पुष्टि भएका दुबै जनालाई शहीद धर्मभक्त माविको आइसोलेसनमा राखिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *